नियम
राष्ट्रदीप मानपदवी
-
(१) नेपालको यश, श्रीवृद्धि, हित तथा उत्थानका लागि आ–आफ्नो क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने नेपाली नागरिक वा विदेशी नागरिकलाई राष्ट्रदीप मानपदवी प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको मानपदवीको श्रेणी विभाजन देहायबमोजिम हुनेछः–
(क) प्रथम श्रेणी – महाउज्ज्वल राष्ट्रदीप ।
(ख) द्वितीय श्रेणी – उज्ज्वल कीर्तिमय राष्ट्रदीप ।
(ग) तृतीय श्रेणी – सुकीर्तिमय राष्ट्रदीप ।
(घ) चतुर्थ श्रेणी – कीर्तिमय राष्ट्रदीप ।
(ङ) पञ्चम श्रेणी – राष्ट्रदीप ।
(३) उपनियम (१) बमोजिमको मानपदवीको मण्डन, प्रालम्बिका र पट्टिकाको विवरण र नाप परिशिष्ट एक अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।